arrow

केजरीवालको राजीनामापछि आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
atishi-marlena-cm-delhi.jpg

काठमाडौँ । भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो ।

आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन् ।

मदिरा घोटाला प्रकरणमा मुछिएका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि जेलबाट बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरि जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । 

४३ वर्षीया आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छिन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शीर्ष नेताहरु जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जश उनलाई दिने गरिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ