arrow

संसदको निर्वाचन पहिले हुनै सक्दैन : सुवास नेम्बाङ

‘संविधानको निर्देशन नै पहिले स्थानीय तह र प्रदेश त्यसपछि मात्रै संघीय संसदको निर्वाचन’

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
news-aaja-.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले सरकारलाई हर कुनै हालतमा निर्वाचन गर्न भनेको छ । विहिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले अब बाँकि रहेको १३ महिनाभित्रै तीनै तहको निर्वाचन गराई संविधान कार्यान्वयन गर्नु पर्नेमा जोड दिएको हो ।

बैठकमा केही सदस्यले स्थानीय तहको चुनाव हुने सम्भावना टरेको भन्दै पहिले संघीय संसदको चुनाव गर्नु पर्ने धारणा राखे । यद्यपि, बैठकमा सहभागि स्थायी समिति सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्बाङले एमालेको प्राथमिकता स्थानीय तहकै निर्वाचन रहेको बताए ।

नेता नेम्बाङले भने, ‘हामीले संसदको निर्वाचन गर्ने कुरा सोच्नै सक्दैनौं । संविधानको निर्देशन पहिले स्थानीय तह, त्यसपछि प्रदेश र अन्तिममा संघीय संसदको निर्वाचन गर्नु भन्ने नै हो । उल्टोबाट निर्वाच हुन सक्दैन ।’ एमालेको प्राथमिकता निर्वाचन हो तर पहिले संसदको निर्वाचन गरौं भन्ने होइन ।

पूर्र्व सभामुख समेत रहेका नेम्बाङले हाम्राकुरासँग भने, ‘संविधानको कार्यान्वयन तीन तहको क्रमशः निर्वाचन नभइ हुनै सक्दैन । २०७४ माघ ७ भित्र त्यो तीनै तहको निर्वाचन सक्नु पर्ने एमालेले बारम्बार भन्दै आएको छ ।’ बरु सरकारले पुरानै संरचनामा निर्वाचन गर्ने कुरा गरिरहेको छ, नेम्बाङले थपे, ‘अस्ति शेरबहादुर जी ले पनि पुरानै संरचनामा निर्वाचन गर्ने कुरा गर्नु भो ।

सरकारले गर्न खोजिरहेको कुरा हामीले बुझेका छैनौं ।’ फेरि पनि भने हाम्रो प्राथमिकता स्थानीय तहकै निर्वाचन हो । हामीले भनेकै पुनःसंरचना आयोगले बनाएको खाकामै निर्वाचन गरिनु पर्छ भनिरहेको हो ।

पुरानै संरचनाको स्थानीय निकाय निर्वाचनमा तीन नेताले किन टाउको हल्लाएको ? जवाफमा नेम्बाङले भने, ‘हामीले सक्छौं स्थानीय तहको गर । सक्दैनौं स्थानीय निकायकै भए पनि गर भनेको हो । निर्वाचज चैँ गराऊ भन्ने हाम्रो बटमलाइन हो ।’

सरकारको गतिविधिले आफुहरु चकित भएको सुनाउँदै नेम्बाङले बाहिर सरकारले पुरानै संरचनामा निर्वाचन गर्ने भनिरहेको छ । भित्र फेरि संसदमा गाउँपालिका र नगरपालिकाकै निर्वाचन गर्ने भनेर विधेयक दर्ता गराएछ, यो आश्चर्य लागिरहेको छ–नेम्बाङले भने ।

हिजो हाम्रो सरकार हुँदा हामीले स्थानीय निकायको निर्वाचन गर्छौं भन्दा साथीहरुले यति करोड उति करोडको हिसाव निकाले, नेम्बाङले भने, ‘आज फेरि एकातिर स्थानीय निर्वाचन र अर्कोतिर स्थानीय तहको निर्वाचनको कुरा गरिरहनु भएको छ । उहाँहरुको मनमा के छ, सरकार के गर्न खोज्दैछ थाहा छैन ।’ सरकार परिवर्तन हुन लाग्या हो ? जवाफमा उनले भने, ‘त्यस विषयमा एमालेभित्र त केही कुरा भा छैन त ! अरु कसैले त्यो भन्दै छन् भने थाहा छैन ।
संघीयता पुरावलोकन गर्ने कुरा भने नेम्बाङले धेरै टाढाको कुरा हो भने ।   

एमाले भित्र २०७४ माघ ७ भित्र तीन तहको निर्वाचन सम्भव नभएको र संसदको निर्वाचन पहिले गरेर संवैधानिक संकट आउन नदिने उपाय अपनाउनु पर्ने विषय समेत उठान भएको छ । यद्यपि, सत्ताधारी गठबन्धन पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न लागि परेका छन्  ।

संविधानको संक्रमणकालिन व्यवस्थालाई देखाई मुख्य तीन दल नै स्थानीय निकाउ निर्वाचनका पछाडी दौडिन खोज्दै छन् ।

संविधानले के भन्छ ?

Image may contain: text                     

Image may contain: text

Image may contain: text                          
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ