arrow

धरहराको कथा

पाँच छ सय जनाका लागिमात्र धरहरा खुला [फोटोफिचर]

प्रधानमन्त्री  केपी शर्मा ओलीले २०७८ बैशाख ११ गते उद्घाटन गरेको धरहरा साढे तीन वर्षपछि बल्ल सर्वसाधारणका लागि खुला गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
dharahara-prakashman-81-6-2.jpg

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहरा आंशिक रुपमा मात्र सञ्चालन गर्न लागिएको बताएका छन् । बुधबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘अहिले चाहिँ अन्तरिम कालका लागि मात्र हो, पब्लिकमा धरहरा बनेको यत्तिका समय भइसक्यो, चढ्न त पाऔं भन्ने त इच्छा छ नि त ।’

हाल अनलाइन मार्फत बुक गर्ने ५०० वा ६०० जनाले मात्र धरहरा चढ्न पाउने उपप्रधानमन्त्री सिंहले बताए । प्रधानमन्त्री  केपी शर्मा ओलीले २०७८ बैशाख ११ गते उद्घाटन गरेको धरहरा साढे तीन वर्षपछि बल्ल सर्वसाधारणका लागि खुला गरिँदैछ ।

धरहरा बिहीबार संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुला गरिने भएको हो । यो खुला पनि नियमित भने अझै हुने छैन । यसलाई कुनै पनि बेला फेरि बन्द गरिन सक्छ । ६ पटकसम्म  म्याद थप गरिएको धरहरा बिहीबार फेरि उद्घाटन हुन लागेको हो । 

भूकमपको एक दशकसम्म पनि पुनःनिर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन हुन लागेको हो ।२०७२ को बैशाख १२ गते गोरखा भूकम्पमा परी भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ । 

यो आयोजना  पुनःनिर्माण प्राधिकरणको समय सीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ । 
 

dharahara-prakashman-81-6-2 (1).jpg
dharahara-prakashman-81-6-2 (2).jpg
dharahara-prakashman-81-6-2 (3).jpg
dharahara-prakashman-81-6-2 (4).jpg
dharahara-prakashman-81-6-2 (5).jpg
dharahara-prakashman-81-6-2 (6).jpg
dharahara-prakashman-81-6-2 (7).jpg
dharahara-prakashman-81-6-2 (8).jpg
dharahara-prakashman-81-6-2 (9).jpg
dharahara-prakashman-81-6-2 (10).jpg
dharahara-prakashman-81-6-2 (11).jpg
dharahara-prakashman-81-6-2 (12).jpg
dharahara-prakashman-81-6-2 (13).jpg
dharahara-prakashman-81-6-2 (14).jpg
dharahara-prakashman-81-6-2 (15).jpg
dharahara-prakashman-81-6-2 (16).jpg
dharahara-prakashman-81-6-2 (17).jpg
dharahara-prakashman-81-6-2 (18).jpg
dharahara-prakashman-81-6-2 (19).jpg
dharahara-prakashman-81-6-2 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ