arrow

सहकारी छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित, कार्यान्वयन गर्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
cabinet-81-6-2.jpg

काठमाडौँ । मन्त्रिपरिषद्ले सूर्य थापा संयोजक रहेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गरेको छ । गत सोमबार संसदमा पेश भएको उक्त प्रतिवेदन सभामुख देवराज घिमिरेले तत्काल कार्यान्वयन गर्न सरकारलाई रुलिङ गरेका थिए । 

त्योसँगै बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उक्त प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिए ।

उक्त प्रतिवेदन सरकारले कार्यान्वयनमा ल्यायो भने पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिसमेत कारबाही हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ