arrow

गुल्मी, अर्घाखाँची र पाल्पामा बन्द, गुल्मी अस्तव्यस्त, सिंहदरबार शान्त मुद्रामा

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
singha-durbar7.jpeg
तम्घास । गत मंसिर १४ गते राति ९ बजे राति संसदमा दर्ता भएको प्रदेश नम्बर ५ टुक्राउने प्रस्ताव लगायतको संविधान संशोधन विधेयकसंगै असन्तुष्ट बनेको पश्चिम क्षेत्र चरम उत्कर्षमा पुगेको छ । मंसिर १५ देखि प्रदेश नम्बर ५ बाट पहाड र तराईलाई टुक्राउन पाइँदैन भन्दै सुरु भएको बन्द कायमै छ । 
 
गुल्मीमा १५ गतेदेखि नै निरन्तर भइरहँदा जनजीवन अस्तव्यस्त बनेको छ । बन्दका कारण विरामीले सबैभन्दा बढी सास्ती बेहोर्नु परेको छ । सवारी साधन नचल्दा खाद्यसामग्रीकोसमेत अभाव भएको छ । त्यस्तै विद्यालय ठप्प छन् । 
 
सेवाग्राही मर्कामा परेका छन् । त्यस्तै अर्घाखाँची जिल्ला बन्द पनि कायमै छ । बन्दहरुमा सत्तासीन दलहरु काँग्रेस र माओवादी केन्द्रका साथै प्रतिपक्षी एमालेका नेता तथा कार्यकर्ता बढी हुने गरेका छन् । 
 
त्यस्तै पाल्पामा बीचका केही दिन बन्द स्थगित गरेर पुनः शुक्रबारदेखि आमहडताल थालिएको छ । २४ घन्टे आमहडतालका कारण सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन् । 
 
पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको हो । पाल्पामा संघर्ष समितिले मङ्सिर १५ देखि २५ गतेसम्मको बन्दले जनजीवन कष्टकर बनेपछि बन्द फिर्ता लिएका थिए । 
 
यता, पश्चिम जतिसुकै अस्तव्यस्त बने पनि सिंहदरबार भने शान्त बनेको छ । बन्दले सिंहदरबारलाई कुनै असर पुगेको छैन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले त बन्द गरेर देश टुक्राउने खेलमा सरिक भएको आरोप लगााएका छन् । 
 
पश्चिम बन्दलाई सघाउनेमा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझी नै छन् । उनले चुनाव भए विपक्षमा मत हाल्नेसमेत स्पष्ट पारिसकेका छन् । उनी अर्घाखाँचीका हुन् । तर अर्घाखाँचीकै पम्फा भुषाल (माओवादी केन्द्रकी प्रवक्ता) भने प्रचण्डपथमै छिन् । 
 
त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक दुई वटा जिल्ला टुक्रिएर समाधान निस्कन्छ भने त्यसलाई अन्यथा लिन नहुने तर्क गर्दै हिडिरहेका छन् । 
 
नेकपा एमालेले भने सुरुदेखि नै यो मुद्धालाई पेचिलो बनाएको छ । बुझ्नेहरु यसलाई भारतसंगको दूरी टाढा गर्न खोज्ने चाल भनिरहेका छन् । तराईसंग पहाड टुक्राउनु भारतकै खेल रहेको भन्दै स्थानीयले विरोधलाई कायमै राखेका छन् । 
 
प्यूठान, रोल्पा, रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतमा पनि विरोध र प्रदर्शन भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ