arrow

सहाराविन वालकलाई सहयोग गर्न आग्रह

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १ शुक्रबार
children-crying.jpg.jpeg
पाँचथर।  तेह्रथुम आठराई सक्रान्ति स्थित सिरुपानी भन्ने दलित वस्तीका एक नावालक साहाराविन भएपछि आफन्तले सहयोगको याचना गरेका छन् ।
 
वुवा खगेन्द्र लोहार वच्चा जन्मेको ४ महिनामा नै भारत गएर परिवार सित सम्पर्क विहिन भएको र आमा जण्डिसका कारण मृत्यु भएपछि नावालक (सन्दिप) लोहार अहिले सहाराविन बनेका हुन् ।
 
उनलाई अहिले पाँचथर फिदिम १ मा वस्दै आएकी सानीआमा पवित्रा लोहारले हेर्दे आएकी छिन् । उनको अक्षयकोष स्थापना गरी सहयोग गर्ने उदेश्यले सवैसित सहयोगका लागि आग्रह गरिएको उद्योग वाणिज्य संघ पाँचथर जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले जानकारी दिए।
 
काफलेले भने,“अहिले देश विदेशमा रहेका सवै नेपालीहरुलाई सामाजिक संजाल मार्फत सहयोगको निम्ति कुरा गरिरहेको छु,स्वदेश विदेशमा रहेका दाजुभाई दिदीवहिनीहरुलाई सहयोगको लागि हार्दिक अनुरोध  गर्दछु ।” उनले जाडोयामबाट वच्नका लागि न्यायनो कपडा समेत प्रदान गरेका छन्  ।
 
 यस्तै उद्योग वाणिज्य संघ पाँचथरका कार्यकारी अधिकृत नवराज घिमिरेले ५ हजार सहयोग गर्ने वताए । आर्थिक अवस्था कमजोर भएपछि नावालकलाई लिएर सानीआमा पवित्रा दिनभर घरबनाउने ठाउँमा गएर हेल्पर काम गर्छिन् ।
 
उनले वच्चाको लालनपालन र शिक्षादिक्षाको निम्ति सवैसित सहयोगको याचना गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ