arrow

संशोधन प्रस्तावलाई थाँती राखेर संसदको गतिरोध हटाउनुपर्छ : रामशरण महत

‘प्रदेशको सिमांकन हेरफेर जनमतसंग्रहबाट टुँग्याउनुपर्छ’

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
mahat-ji-naya.jpeg
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
 
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता डा. महतले भने,‘संविधान संशोधन प्रस्तावलाई लजिकल ईण्डमा पुर्याउनुपर्छ, प्रस्तावलाई संवैधानिक प्रक्रियामा लैजानुपर्छ, यसको विरोधमा संसद नै अवरुद्ध गर्नु गलत हो, एमालेले गल्ती गरिरहेको छ, संशोधन प्रस्तावमाथि प्रतिपक्षी दलले छलफल र्नै गर्न नदिनु बेठिक हो ।’ महतले प्रतिपक्षी दल एमालेले भनेजस्तो संशोधन प्रस्ताव फिर्ता लिनुपनि उचित नहुने जिकिर गर्दै भने,‘अहिले देखिएको संसदको गत्यावरोधलाई अन्त्य गर्नको लागि पनि संशोधन प्रस्तावलाई थाँती राखेर जानुको विकल्प छैन् ।’
 
 पूर्वमन्त्री समेत रहेका नेता महतले भने,‘अहिले संशोधन प्रस्ताव फिर्ता लिनु हुँदैन, यो उचित पनि छैन, बरु अब यसलाई थाँती राखेर अन्य अति आवश्यक ऐन÷कानूनहरुलाई अघि बढाउनुपर्छ, निर्वाचन सम्बन्धी विद्येयक, महाअभियोगको प्रस्तावलाई अघि बढाउनुपर्छ, अहिले संसदमा विभिन्न ऐन तथा कानूनहरु छन्, तीनीहरुलाई निश्कर्षमा पुर्याउनुपर्छ, अब चुनावको मिति घोषणा गर्नुपर्छ ।’
 
उनले स्थानीय तहलाई अहिलेको संविधानले धेरै अधिकार दिएको उल्लेख गर्दै भने,‘अहिलेको संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ, स्थानीय तह जति अधिकार त जिल्लालाईपनि छैन् ।’ महतले अधिकारको उपयोग ठीक ढंगले हुनुपर्नेमा जोड दिए । उनले भने,‘यसको संरचना बनाउनुपर्छ, मानवस्रोत चाहियो, प्रशासनिक पूर्वाधार चाहियो, भौतिक पूर्वाधार चाहियो ।’
 
उनले स्थानीय तहको पूर्नसंरचनाको लागि आयोगले काम गरिरहेको जानकारी दिँदै भने,‘आयोगले काम त गरिरहेको छ, तर यसलाई विवादमा पार्ने काम कसैले गर्नुहुँदैन, कतिपय जिल्लामा अझै विवाद छ, तराईका ८ जिल्लामा आयोग अहिलेसम्म प्रवेश नै गर्न सकेको छैन्, त्यसैले जबरजस्ती आयोगलाई काम गर्न प्रेसरपनि दिनुभएन, जनताको जनमत विपरित कुनै पनि प्रदेशको सिमांकन हेरफपेर गर्नुहुँदैन् ।’
 
स्थानीय तहको पूर्नसंरचना गर्ने विषय अत्यन्तै महत्वपूर्ण विषय भएकोले यसमा हतार गर्न नहुने उनको भनाई थियो । महतले थपे,‘बरु केही समय लागेपनि लागोस्, विज्ञहरुलाई लिएर भएपनि काम गर्नुपर्छ ।’ उनले परिवर्तनको नाममा जथाभावी काम गर्दा गञ्जागोल हुनेतर्फ सचेत गराउँदै महतले संविधान अनुसार नै काम गर्नुपर्ने धारणा राखे ।
 
उनले पूरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख तीन दलवीच भएको सहमति स्वागतयोग्य रहेको बताए । उनले भने,‘स्थानीय निकायको चुनाव हुनुपर्छ भनेर त मैले त पहिलेदेखि नै भनिरहेको छु, अहिले निर्वाचन आयोगलेपनि यही वर्षभित्र सम्भव छ भनेर भनिसकेको अवस्था छ ।’
 
उनले एमालेले भनेजस्तो अहिले नै केन्द्रिय संसदको चुनाव गर्न नहुने जिकिर गरे । महतले भने,‘अहिले समय बाँकी छ, ०७४ माघ ७ गतेसम्म तीन वटै निकायको निर्वाचन गर्नुपर्ने भएकोले समय बाँकी छ ।’ उनले स्थानीय निकायको निर्वाचन नै अहिलेको आवश्यकत्ता भएको बताए ।
 
फरक प्रसँगमा उनले सरकारको आलोचना हुनु स्वभाविक भएको टिप्पणी गरे । सरकार रहने वा नरहने भन्ने कुरा संसदको अंक गणितमा निर्भर रहेको बताउँदै अहिले नै आफ्नो पार्टी सरकार परिवर्तन गर्ने पक्षमा नभएको उनले जिकिर गरे । महतले थपे,‘अहिले सरकार परिवर्तनको खेलमा काँग्रेस छैन, अस्थिरता ल्याउने कुरामा काँग्रेस लाग्दैन् ।’
 
उनले नेपाल अहिले पनि राजनीतिक मुद्दामा बढि रुमलिईरहेको भन्दै गुनासो पोखे । उनले थपे,‘हामी अझैपनि राजनीतिक मुद्दामा बढि केन्द्रित भयौं, आर्थिक समृद्धिको विकासमा लाग्ने बेलमा यसमा अल्झिनु दुर्भाग्य हो ।’ उनले अहिलेसम्म पनि नेपालका नेताहरुमा राजनीतिक परिपक्वता नआएको आरोप लगाए । महतले नेपालमा अध्यधिक राजनीतिकरण हुनु र त्यसमा पनि पार्टीकरण हुनु दुर्भाग्य भएको टिप्पणी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ