arrow

ओलीले अस्वीकार गरे देउवाको नेतृत्वमा नयाँ सरकार : बिजुक्छें

'नेपाली नेताको ज्यान भारतको हातमा'

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
Narayanman-photo.jpg.jpeg
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले छिट्टै भारतको इशारामा सरकारको समीकरण बद्लिने बताएकना छन् ।
 
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छें भारतको इशारामा केपी ओलीको नेतृत्वमा सरकारको प्रस्ताव आउने र ओलीले अस्वीकार गरे शेर बहादुर देउवाको नेतृत्वमा सरकारको समीकरण देखिने बताएका हुन् ।
 
नेपालका नेताहरुलाई जति बेला चाह्यो त्यति बेला भारतले  हत्या गर्न सक्ने भन्दै बिजुक्छेंले बिगतमा नेपालमा गरिएका हत्याले यसलाइ पुष्टि गरेको र आफ्नो पायकमा काम नगर्ने नेताहरुको उसले जति बेला पनि हत्या गर्न सक्ने टिप्पणी गरे।
 
सरकार स्थानिय तहको निर्वाचन नगर्ने योजनामा रहेको भन्दै बिजुक्छेंले सरकारकै कारण स्थानिय तहको निर्वाचन नहुने दाबीका साथ स्थानिय तहको निर्वाचन गर्ने बहाना गरि संसदको निर्वाचन गर्ने तयारीमा जुटेको बताए ।
 
बिजुक्छेंले दिल्ली घोषणा पत्रलाई आधार मान्दा अव दुइवटा नागरिकता भएकाहरुले नेपालका पार्टीहरुलाई ठूलो मात्रामा चन्दा दिने सुबिधा जसरी प्रदान गरिँदै छ यसले अव नेपालमा एन आर एन र अंगिकृत नागरिकता भएकाले सरकार चलाउने बताए ।
 
नेपालका लागि भारतीय राजदुत रञ्जित रेलाई भारतले नैतिकताको आधारमा भए पनि फिर्ता बोलाउनु पर्ने तर्फ ध्यान नजानु कुटनीति मर्यादाको बिपरित काम गरेको र हेपाहा प्रबृति भएको उनले बताए ।
 
देशका हरेक गतिबिधिका बारे पूर्व जानकारी लिनु पर्ने गुप्तचर बिभाग असफल भएको र उनीहरुको गतिबिधिकै कारण नेपालमा भारतले जति बेला चाह्यो त्यति बेला हरेक काम गर्न सफल रहेको भन्दै नेपालको गुप्तचर बिभाग सक्षम रहे भारतले नेपालमा गर्ने गतिबिधिको प्रतिउत्तर दिने सक्ने बिजुक्छेंले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ