arrow

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
modi-oli-meet-06-06.jpg


काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्रीओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।  

सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।

उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ