काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति विवरण थोरै रहेको भन्दै उनलाई सहयोग गर्न युवासंघले व्यङ्ग्यात्मक रुपमा सहयोग संकलन अभियान सञ्चालन गरेको छ । युवासंघका युवाहरुले शुक्रबार ‘विश्वकै सबैभन्दा गरिब प्रधानमन्त्रीको सहयोगार्थ १ रुपैयाँ चन्दा संकलन अभियान’ लेखेको व्यानर सहित नयाँ वानेश्वरमा प्रदर्शन समेत गरेका थिए ।
बुधबार सरकारका मन्त्री तथा प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । सो क्रममा प्रधानमन्त्री दाहालले आफूसँग तीन तोला सुन र एक कठ्ठा जमिन रहेको जनाएका थिए । यसैको व्यङ्ग्य गर्दै युवा संघले यस्तो संकलन अभियान सञ्चालन गरेको हो ।