arrow

निर्वाचन गर्न मधेसी दलका माग सम्बोधन गर्नुपर्छ : अध्यक्ष थापा

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
thapa-at-patrakar.jpeg
पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तिनै तहको निर्वाचन सम्पन्न गर्न मधेसी दलका माग सम्बोधन गरिनुपर्ने बताएका छन् । मिडिया नेपाल कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले  भने — ‘मधेसी दल र अन्य जनजातिले राखेका माग पूरा नगरी निर्वाचन गर्दा अपेक्षित सफलता प्राप्त गर्न सकिदैन् ।’ 
 
अध्यक्ष थापाले सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावले मधेसवादी दललाई सन्तुष्ट पार्न नसकेको, प्रदेश नं ५ का जनता आन्दोलित भएको र केही राजनीतिक दलले निरन्तर संसद् अवरुद्ध पारिरहेकाले नयाँ समझदारीका साथ विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिदैं विधेयकलाई संसद्मा पेस गर्र्न नदिई संसद् अवरुद्ध गर्नु प्रजाताान्त्रिक मूल्य र मान्यताले उपयुक्त नभएको बताए । 
 
राप्रपा सत्तारुढ दल भए पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आगामी दिनमा गर्ने व्यवहार, गुण र दोषका आधारमा काम गर्ने धारणा राखे । 
 
राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले अन्य मुलुकमा झै अङ्गिकृत नागरिकता लिएका व्यक्तिलाई केही वर्षको अन्तरालपछि मात्रै अरु नागरिकसरह मान्यता दिनुपर्नेमा जोड दिए  । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ