arrow

संविधानमा सूचना प्रवाहको हक थप्नुपर्छ : प्रमुख आयुुक्त बाँस्कोटा

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
krishna-hari-banskota.jpeg
धुलिखेल। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले संविधानको मौलिक हकमा सूचना प्रवाहको हक पनि व्यवस्था हुनुपर्ने बताएका छन्  । 
 
आयोगले शुक्रबारबाट सुरु गरेको सञ्चारकर्मीका लागि सूचनाको हकसम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै बाँस्कोटाले “नेपालको संविधानको धारा २७ मा सूचना माग्ने र पाउने अधिकार मात्र व्यवस्था रहेको तर त्यो पर्याप्त नभएकाले संविधान संशोधनका क्रममा सूचना प्रवाह गर्ने अधिकार थप गर्नुपर्ने बताए ।” 
 
प्रमुख आयुक्त बाँस्कोटाले सूचना हकसम्बन्धी प्रभावकारी कार्यान्वयन भएमा मात्र जनता मालिक हुनसक्ने गरी लोकतन्त्र र सुशासनको संस्थागत विकास हुने भन्दै त्यसका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए  । 
 
आयोगका सचिव शरदराज विष्टले सूचनाको हकको सही प्रयोगबाट मात्र सरकार र जनताबीचको प्रभावकारी सञ्चार हुने उल्लेख गरे। विभिन्न सञ्चार माध्यमका दुई दर्जन पत्रकार सहभागी भएका प्रशिक्षणमा बाँस्कोटासहित आयोगका आयुक्त यशोदा तिमल्सिना, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले, केदार नेपाल र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक केदारबहादुर रायमाझी प्रशिक्षक छन् । 
 
विसं २०६४ मा सूचनाको हकसम्बन्धी कानुन आएपछि २०६५ मा सो आयोग स्थापना भएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ