arrow

परराष्ट्रमन्त्री र राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
arju-usa.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन पुगेकी परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् । 

उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

 उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पु¥याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ