arrow

मदिरा सेवनले लैङ्गिक हिंसा बढ्यो

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ पुष १ शुक्रबार
drunkard.jpeg
 कपिलवस्तु । कपिलवस्तु जिल्लामा मदिरा सेवनका कारण लैङ्गिक हिंसा बढदो अवस्थामा रहेको एक सर्बेक्षणले देखाएको छ । साथी संस्था सञ्चालन गरेको आस्था परियोजना अन्तर्गत  जिल्लाको सौराहा, सिहोखोर र हर्दौना गाबिसमा गरिएको सर्बेक्षणले मदिरा सेवनका कारण ५९ दशमलब शुन्य २ प्रतिशत हिंसा हुने देखाएको छ ।
 
 परियोजना अन्तर्गत तौलिहवामा आयोजित मदिरा सेवनका कारण हुने लैङ्गीक हिंसा न्युनिकरणका लागी अन्तरक्रियामा परियोजनाद्वारा सो तथ्य प्रस्तुत गरिएको हो । परियोजना अन्तर्गत तिन गाबिसका १ सय २८ परिवारमा सर्बेक्षण गर्दा ६१ परिवारले मदिरा सेवन गर्ने गरेको बताएको परियोजना संयोजक खग प्रसाद चापागाईले जानकारी दिए । मदिरा सेवन गर्ने ६१ परिवार मध्य ४९ जनाको परिवारमा १ जनाले मात्र मदिरा सेवन गर्ने गरेको भेटिएको छ ।
 
 त्यसै गरि ५० उत्तरदाताले आफै मदिरा सेवन गर्ने र ३३ जनाले दैनिक मदिरा सेवन गर्ने गरेको तथ्याङ्कले देखाएको जनाईएको छ । मदिरा सेवन गर्ने ३५ परिवारमा झगडा हुने गरेको, १४ परिवारमा दुर्घटना निम्तिएको, १६ जनामा कुटपिट र १ जनाले मानसिक सन्तुलन गुमाएको, समुदायमा मदिरा सेवनले सबै उत्तरदाता मध्य १ सय २८ महिला र बालबालिका सगै १२ बृद्धबृद्धा प्रभावित भएको जनाईएको छ । मदिरा सेवन गर्ने परिवारका ३६ बालबालिकाको शिक्षा प्रभावित हुनुका साथै ३८ परिवारमा सामाजिक असर परेको देखिएको छ ।
 
 मध्यपानका कारण भएको दुर्घटनामा १ वटा मात्रै उजुरी प्रहरीमा भएको र अन्य घटना समुदायमा मेलमिलाप गराएको सर्बेक्षणको नतिजाले देखाएको जनाईएको छ । कार्यक्रममा परियोजना संयोजक चापागाई संस्थाले सञ्चालन गरेको महिला आश्रय गृहमा सन २०१६ को हाल सम्मको अबधीमा १ सय ५५ महिला तथा बालबालिकालाई आश्रय प्रदान गरेको जानकारी दिए । त्यसै गरि कार्यक्रममा मदिरा नियन्त्रणका लागी बनेका एन बारे जानकारी दिदै अधिबक्ता राजु कुमार श्रीवास्तबले खुल्ला मदिरा बिकी बितरणमा नियन्त्रण, अनियन्त्रित मदिरा सेवन र मदिरा सेवन गरि समाजमा खलल पुर्याउनेलाई कारवाही र समय समयमा सचेतना प्रवाह आवश्यक रहेको बताए ।
 
 कार्यक्रममा बोल्ने अधिकासंले मदिरा व्यवसायीलाई लक्षित गरि सचेतना प्रवाह गर्ने पर्ने, खेल क्षेत्र मार्फत मदिरा सेवन र लागु पदार्थ प्रयोग रोक्न सचेतना प्रवाह गर्नु पर्ने, घरेलु रुपमा उत्पादन गरिने मदिराले राजश्व छली सगै बिकृती पढाएकाले सो कार्य नियन्त्रण गर्नु पर्ने, बिक्रेतालाई नियमन र क्रेतालाई अनियन्त्रित सेवनमा कडाई गरिनु पर्ने बताएका थिए । कारवाहीका लागी भएका ऐन नियम समयानुकुल नभएकाले मदिरा सेवन सगै हिंसा समेत बढदो क्रममा रहेको सहभागीहरुले बताए ।
 
 कार्यक्रममा बोल्दै बार एशोसियसनका जिल्ला अध्यक्ष अधिबत्ता अमित कुमार श्रीवास्तबले क्रेतालाई नियमनका लागी कडाई गर्न र क्रेताको लगत राख्ने कार्य थालनी गर्नु पर्नेमा जोड दिए । त्यसै गरि प्रहरी निरिक्षक हिरा सिंह महराले अन्तशुल्कले कडाई गर्नु पर्नेमा जोड दिदै मदिरा सेवनको समय र मात्रा, कारवाही र जरिवानाका बिषयमा पुरानो ऐनमा भएका व्यवस्था समय सापेक्ष परिर्वतन गर्न आवश्यक रहेकोमा जोड दिए । 
 
मदिरा सेवनको संभावित हिंसा रोक्न हिंसा पिडितलाई शसक्तिकरण गर्नुका साथै भएका ऐन कानुनको कार्यान्वयनमा जोड दिनु पर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पुनाराम पौडेलले बताए । मदिरा सम्बन्धि समस्या समाधानका लागी सहभागीतामुलक अनुगमनको आवश्यकता रहेकोमा उनले जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ