arrow

प्रदेश विखण्डनको विरोधमा उत्रिएका गुल्मेलीमाथि प्रहरीको दमन, नेताहरु क्रुद्ध

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
tamgash.jpeg
तम्घास (गुल्मी) । आन्दोलनकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा दिनभर सदरमुकाम तम्घास शुक्रबार तनावग्रस्त बनेको छ । आन्दोदनकर्ताले जिल्ला प्रशासन कार्यालयमा ताला लगाइदिएपछि प्रहरीले जबर्जस्ती उक्त ताला खोल्ने क्रममा प्रहरी र आन्दोलनकर्ताबीच झडप भएको हो । 
 
पाँच नं प्रदेश टुक्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग गर्दै गुल्मी जिल्ला सत्र दिनदेखि बन्द छ । झडपमा आन्दोलनकर्ताका तर्फबाट ३५ भन्दा बढी तथा सुरक्षाकर्मीतर्फ चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि पाल्पा सिफारिस गरिएको छ । 
 
आन्दोलनमा आक्रोशित समूहले जिविसको बा १ झ ६६८१ नंम्बरको गाडीमा समेत आगजनी गरेको छ । झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्नाका साथै दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । 
 
आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गोकर्ण विष्ट र कमला विश्वकर्माले जनताको आवाजलाई सानो नठान्न र प्रहरी प्रशासनलाई शान्तिपूर्ण आन्दोलनमा दमन गरी उत्तेजना नफैलाउन आग्रह गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ