arrow

बाबुरामको प्रचण्ड र रवीन्द्रबीचको भेटबारे टिप्पणी – बिरालो म्याउँ गर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिश्रबीच भएको भेटमा टिप्पणी गर्दै बिरालो म्याउँ गरेको संज्ञा दिएका छन् ।

भट्टराईले प्रचण्ड र मिश्रको भेटबारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू नखोसिने बताएका छन् ।

बाबुरामले भनेका छन्, ‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति  सापटी लिएर भन्नुपर्दा बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले बिरालो म्याउँ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो । यसको अर्थ गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलक्धिहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ