arrow
ADVERTISEMENT

चार महिनापछि लागू हुने समलिङ्गी कानूनमा राजाको हस्ताक्षर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
Thailand_South.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानूनी मान्यता पाएको छ । थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानूनमा हस्ताक्षर गरेका हुन् । 

मिडिया रिपोर्टका अनुसार राजाको हस्ताक्षरपछि सो कानूनलाई राजपत्रमासमेत प्रकाशित गरिएको छ । अब यो कानून १२० दिनपछि लागू हुने छ । यो कानून लागू भएपछि पहिलो कानूनी समलिङ्गी विवाह अर्को वर्षको जनवरीमा हुने भएको छ ।

थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानून बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् । 

गत असारमा थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । थाइल्याण्ड यस्तो कानून पारित गर्ने एसियाको तेस्रो देश बनेको छ । यस अघि नेपाल र ताइवानमा समलिङ्गी विवाह सम्बन्धि कानून बनेको थियो ।

यसअघि गत फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ