- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन्। यद्यपि अमेरिकालगायत इजरायल नजिकका अन्य देशहरूले युद्ध विरामको लागि अनुरोध गरेका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म लेबनानमा इजरायली हवाई आक्रमणमा पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्।
लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पनि हिजबुल्लाहले जनाएको छ। बुधवार अमेरिका, बेलायत र युरोपेली सङ्घले तीन साताका लागि युद्ध विरामको प्रस्ताव गरेका थिए। तर, बिहीबार इजरायलले यो प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको थियो।
न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म नरोकिने बताएका थिए।
नेतन्याहुले आफ्नो लक्ष्य गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित भएका नागरिकहरूको सुरक्षित फिर्ता भएको बताए।