arrow

उच्च अदालत पोखराको बागलुङ इजलासमा लामिछानेकाे सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
High court pokhara baglung.jpg
फाइल तस्बिर

पोखरा । उच्च अदालत पोखराको बागलुङ इजलासको न्यायाधीशमा नातिबाबु लामिछाने आउने भएका छन् । न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गर्नेक्रममा लामिछानेको बागलुङ इजलासमा सरुवा भएको हो ।

लामिछाने हाल उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत छन् । शुक्रबार बसेको परिषद्को बैठकले १४ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।

परिषद्ले सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीशमध्ये दुई जनाको नाममात्र सिफारिस गरेको छ भने दुई पद रिक्त नै राखेको छ ।

यस्तै निकट भविष्यमै थप दुई पद पनि रिक्त रहने छ । परिषद्को बैठकमा छ रिक्त पदमै सिफारिसका लागि छलफल भएपछि दुई जनाको नाममा मात्र सहमति भएको हो ।

नियुक्ति हुनेमा उच्च अदालत पाटनका मुख्य रजिस्ट्रार नृपध्वज निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे रहेका छन् ।

परिषद्ले यसअघि पनि उच्च अदालतका न्यायाधीशको सरुवा गरेको थियो । शुक्रबार परिषद्ले उच्च अदालतमा भने सिफारिस गर्न सकेन । उच्च अदालतमा हाल १६ न्यायाधीश रिक्त रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ