arrow

वर्षाले सबैभन्दा बढी ललितपुरमा १८ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
nakkhu-flood-81-6-12p.jpg
तस्बिर – दुई दिनको लगातार वर्षाका कारण ललितपुर महानगरपालिकाको नख्खु दोभानस्थित बागमती करिडोर क्षेत्रमा जलमग्न अवस्था, रासस ।

पाटन । वर्षाजन्य विपद्मा परी सबैभन्दा बढी ललितपुरमा ठूलो जनको क्षति भएको छ । हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगनखेलमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्याङ्कअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी बलपरिचालित भएका छन् ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिएको जानकारी अनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई जना बेपत्ता भएका छन् । 

प्रहरी उपरीक्षक अधिकारीले दिएको जानकारी अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

अहिलेसम्म देशभर ४९ जनाको शव फेला परेको छ भने ४० जना बेपत्ता छन् । उपत्यकाभित्र मात्रै ३२ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ