arrow

नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
narayanghad-mugling-2080-03-23.jpg
तस्बिर : फाइल

चितवन। नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सो सडकमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो।

सूचनामा नारायणगढ-मुग्लिङ नागढुङ्गा सडक खण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रु महानुभावहरूलाई सो सडक खण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहन अनुरोध गरिएको छ।

साथै चितवन प्रशासनले शुक्रवार काठमाडौँतर्फ जान हिँडेका सवारी साधनहरू मौसम प्रतिकूलताका कारण भोलिसम्म आँपटारीमै रोकिनु पर्ने अवस्था भएकोले सबै यात्रुहरूमा धैर्य धारण गरी बसिदिनु साथै सडकको अवस्थाका विषयमा जानकारी लिनुपरेमा नजिकको प्रहरी कार्यालय एवम् ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

साथै मनसुन सक्रिय रही देशका विभिन्न भागमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण चितवन जिल्लाभित्रका विभिन्न स्थानहरू डुबानमा परेको तथा जिल्ला भई वहने नदी तथा खोलाहरूमा जल सतहले खतराको तह पार गरेको र नदी तथा खोलाहरूको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काम परेमा बाहेक नदी तटीय क्षेत्रमा आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न नगराउनु अनुरोध गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ