arrow

काठमाडौँ जाँदा हराएको बस झ्याप्ले खोलामा पुरिएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
bus-gorkha-ktm.jpg

गोरखा । गोरखा जिल्लाको धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ जाँदा हराएको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा पुरिएको पुष्टि भएको छ । सो बसबाट तीन जनाको शव निकालिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

दरौँदी यातायात सेवा कम्पनी प्रालिको ना४ख २२७० नम्बरको बस शुक्रबार काठमाडौँ जानेक्रममा हराएको थियो ।

कम्पनी अध्यक्ष नारायण खत्रीले बस शुक्रबार राति करिब १० बजे धादिङको खानीखोला पुगेको जानकारी पाइएको बताएका थिए । त्यसपछि चालक र अन्य कर्मचारी कसैसँग पनि सम्पर्क हुन नसकेको उनले बताए ।

मुग्लिन पुग्दा बसमा एक यात्रु र तीन जना मात्रै कर्मचारी रहेको पाइएको उनले बताए ।

आइतबार बिहान झ्याप्ले खाेलामा पुरिएकाे गाेरखाकाे बस र चितवनकाे हायसबाट अहिलेसम्म ७ जनाकाे शव निकालिएकाे छ ।

प्रहरीले अध्यक्ष खत्रीकै भनाइलाई आधार मानेर आज बिहानैदेखि झ्याप्ले खोलामा बसको खोजी कार्य केन्द्रित गरेको थियो । सोही स्थानमा पुरिएको दुई बसबाट शनिबार १४ जनाको शव निकालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ