arrow

प्राकृतिक विपदमा परेका एक सय ६१ जनाको हेलिकप्टरबाट सकुशल उद्दार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
helicopter-army-81-6-13.jpg

काठमाडौँ । गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका १६१ जनाको सकुशल उद्दार गरेको छ ।

गृह मन्त्रालयकमाम प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्दार गर्न असहज भएको थियो । काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्दार कार्य जारी राखेको छ । 

प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरुको उद्दारमा सेनाले लगातार हवाई उद्दार गरिरहेको बताए ।

त्यसैगरी शनिबार काठमाडौँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्दार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

गृह मन्त्रालयको तथ्याङ् अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक चालु गर्न तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ