arrow

तीन दिने वर्षाको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय ४८ पुग्यो, ५५ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
river-flood-kathmandu-nepal-2081.jpg

काठमाडौं । बिहीबार, शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन् ।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् । 

काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ