arrow

खोला किनारबाट सिंहदरबार र संसद भवनलाई गिज्याउँदै थोत्रा प्लास्टिक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
plastic-kathmandu-srteam-rr.jpg

काठमाडौँ । उर्लेर आएको बागमतीले शनिबार काठमाडौँ उपत्यकामा ठूलो धनजनको ठूलो क्षति गर्यो । क्षतिसँगै यसले नदी किनारका बस्तीको बारेमा राजनैतिक ध्रुवीकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ । 

आइतबार र सोमबार बहाव कम भएसँगै बागमतीले आफूमा समाहित भएको फोहर अहिले हाम्रो लागि ऐना बनाएर छोडिदिएको छ । 

खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले प्लास्टिकहरु यत्रतत्र अड्किएका छन् । सप्तकोशीमा पनि प्लास्टिकका बोतलहरु बाँधमा अड्किए झैं अहिले काठमाडौंका उपत्यका खोला किनारमा प्लास्टिक यत्रतत्र गिज्याएर बसिरहेका छन् ।

यसले हाम्रो वातावरण कसरी बिग्रिएको छ भनेर देखाएको छ । प्लाष्टिकको प्रयोगले काठमाडौँ कुरुप भइसकेको देखिएको छ । 

कडा कानून बनाएर प्लाष्टिकको प्रयोगमा रोक लगाउने पटक पटक उर्दी जारी गरियो । तर त्यसलाई कार्यान्वयन गर्न नसक्ने अवस्था आउँदा तिनै प्लाष्टिकले सिंहदरबार, संसद भवन र महानगरपालिकाहरुलाई गिज्याइरहेको छ ।

plastic-kathmandu-stream (1).jpg
plastic-kathmandu-stream (2).jpg
plastic-kathmandu-stream (3).jpg
plastic-kathmandu-stream (4).jpg
plastic-kathmandu-stream (5).jpg
plastic-kathmandu-stream (6).jpg
plastic-kathmandu-stream (7).jpg
plastic-kathmandu-stream (8).jpg
plastic-kathmandu-stream (9).jpg
plastic-kathmandu-stream (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ