arrow

तीन संस्थाको विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
world-map.gif

काठमाडौँ । इटालियन इन्स्टिच्युट फर इन्टरनेशनल पोलिटिकल स्टडिज (आइएसपिआई), अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) भारत र नीति केन्द्र फर द न्यु साउथ (पिसिएनएस) मोरक्कोले ‘द इनिसिएटिभ’ विस्तारको घोषणा गरेका छन् ।

सन् २०२३ मा सुरु गरिएको यो सहयोगी प्रयासले तीन महादेशका चार सयभन्दा बढी कर्मचारी र विशेषज्ञहरूको सामूहिक विशेषज्ञताद्वारा समर्थित रणनीतिक संवाद, संयुक्त अनुसन्धान र सार्वजनिक संलग्नतामार्फत विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

“यो पहल अब नयाँ चरणमा प्रवेश गरेको छ । यसको रिपोर्ट डिसेम्बर सन् २०२४ मा एटलान्टिक डाइलग सम्मेलनमा प्रस्तुत गरिनेछ । साथै करिम एल अयनाउई (पिसिएनएस), पाओलो मगरी (आइएसपिआई) र समीर सरन (ओआरएफ) द्वारा सह–सम्पादित ग्लोबल पोलिसी जर्नलको विशेष अङ्क सन् २०२५ मा रायसिना डाइलगमा लन्च गरिनेछ । यसमा अग्रणी विश्वव्यापी विचारकहरूको दृष्टिकोणहरू समावेश हुनेछ”, प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘एशिया–अफ्रिका–युरोप इन्टरकनेक्टेडनेस’ मा एक सह–आयोजित सार्वजनिक सत्र नोभेम्बर २५ मा रोम–एमइडीमा आयोजना गर्ने योजना रहेको छ । कार्यक्रममा प्रत्येक संस्थानका वरिष्ठ अनुसन्धानकर्ताहरू र प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन् ।

जारी विश्वव्यापी उथलपुथलका बीच आफ्नो सहयकार्यको महत्त्वपूर्ण प्रकृतिमा जोड दिँदै करिम एल अयनाउई, पाओलो मगरी र समीर सरनले भन्नुभएको छ, “हिन्द–प्रशान्तदेखि अटलान्टिकसम्म विश्वले जटिल चुनौतीहरूको सामना गरिरहेका छन् । यसले सम्मिलित प्रयासको माग गर्दछ । 

आइएसपिआई, ओआरएफ र पिसिएनएसबीचको हाम्रो साझेदारीको लक्ष्य स्थितिहरूलाई जोड्ने, ठोस समाधानहरू सिर्जना गर्ने र अर्थतन्त्र, मुलुकहरू र मानिसहरूबीच नयाँ सम्बन्धहरू प्रवर्द्धन गर्ने हो । हाम्रो संयुक्त विशेषज्ञताको उपयोग गरेर हामी यी विश्वव्यापी चुनौतीहरूका लागि व्यावहारिक, रणनीतिकप्रतिक्रियाहरू विकास गर्न चाहन्छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ