arrow

युनुसको सरकारले बोलायो भारतसहित पाँच देशका राजदूत फिर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
muhammad-yunus-pm-bangladesh-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले भारतका लागि राजदुतसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरुलाई तुरुन्त ढाका फर्किन भनिएको छ ।

भारत बाहेक अष्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो । पछिल्लो समय बंगलादेशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । 

केही हप्ताको आन्दोलनपछि यहाँ नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । 

आन्दोलनका बीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्त ५ मा राजीनामा दिएर देश छाड्नुपरेको थियो । उनी अहिले पनि भारतमा रहेको बताइएको छ । 

यसअघि बंगलादेशले बेलायतका आफ्नो राजदूत सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ