- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखको मनोनयन गरेका छन् ।
पार्टी विधान बमोजिम उनले विभाग प्रमुखको हेरफेर र नियुक्ति गरेका हुन् ।
जसमा संगठन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्गले पाएका छन् ।
यसैगरी स्थानीय तह परिचालन विभागको प्रमुखमा उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र तोकिएका छन् ।
यस्तै पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्वव थापा, सूचना प्रविधि विभाग (आइटी) प्रमुखमा केन्द्रीय सदस्य उद्ववराज भेटुवाल र लेखा समिति प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने तोकिएको प्रवक्ता मनोकुमार श्रेष्ठले जानकारी दिए ।