arrow

एसीडीको सम्मलेनमा रहेकी परराष्ट्र मन्त्री राणा दोहामा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
arzu-qatar-81-6-17.jpg

काठमाडौँ । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसीडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्रमन्त्री डा आरजू राणा देउवा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरुमा व्यस्त रहेकी छिन् । 

सो सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन् । सो सम्मेलनमा एसीडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागीता रहेको छ ।  

सो सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गिज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरिन् । 

त्यसैगरी मन्त्री डा राणासँग संयुक्त अरब इमिरेट्स्का वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । 

ती भेटहरुमा आपसी हित र चासोका विविध विषयहरुका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको थियो । 

परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसीडीको तेस्रो सम्मेलनमा सहभागीता जनाएर आज दोहाबाट स्वदेश फर्कँदै छिन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ