arrow

रोकियो धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
dhitopatra-bord.jpeg

काठमाडौँ । आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ । 

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज हुने जानकारी गराएको थियो । 

अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा नवराज अधिकारीको नाम अन्तिम सूचीमा राखेको छ ।

आज हुने भनिएको अन्तर्वार्ता समितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष डा शिवराज अधिकारी अस्वस्थ्य भएका कारण रोकिएको बताइएको छ । 

बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि खाली रहेको छ । 



नयाँ