arrow

इजरेली हवाई आक्रमणमा गाजामा १७ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरेली हवाई आक्रमणमा हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको जनाएको छ । 

इजरेलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणपछि इजरेली सेनाले उग्रवादी समूहलाई पूर्ण रूपमा नष्ट गर्ने लक्ष्यसाथ गरेको निरन्तर आक्रमणले गाजाको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।

हालैका महिनाहरूमा, इजरेली सेनाले प्यालेस्टिनी क्षेत्रका विभिन्न सहरहरु कब्जा गरेका छन् र हमास विरुद्ध कारवाही सञ्चालन गरिरहेका छन् । 
इजरेली सेनाले आइतबार आफ्नो सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रलाई घेराबन्दी गरेको बताएको छ । 

“इजरेली सेनाले उक्त क्षेत्रलाई सफलतापूर्वक घेरेका र हाल उक्त क्षेत्रमा सक्रिय छन्”, सेनाले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

हमासद्वारा सञ्चालित गाजाका नागरिक सुरक्षा विभागका प्रवक्ता महमुद बस्सलले जबलियामा रातारात  हमला भएको बताए ।

“जबालियामा भएको इजरेली हवाई आक्रमणमा नौ बालबालिकासहित १७ जना मारिएका छन्”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ