arrow

मुइज्जू भारत भ्रमणमा, मोदीले भने, ‘भारत माल्दिभ्सको सबैभन्दा नजिकको र घनिष्ट मित्र देश हो’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
modi-muizzu-24-10-07.jpg

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू पाँच दिने द्विपक्षीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुगेका छन् । राष्ट्रपति मुइज्जुलाई राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ । 

राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्सका राष्ट्रपति मुइज्जू र प्रथम महिला साजिद मोहम्मदलाई सोमबार बिहान राष्ट्रपति भवनमा स्वागत गरेका हुन् र 

राष्ट्रपति मुइज्जू र प्रथम महिला साजिदा मोहम्मदले सोमबार नै नयाँदिल्लीको राजघाट पुगी महात्मा गान्धीको समाधीस्थलमा श्रद्धाञ्जलि अर्पण गरी आगन्तुक पुस्तिकमासमेत हस्ताक्षर गरेका छन् । 

भारतको भ्रमणमा रहेका मुइज्जुले सोमबार राष्ट्रिय राजधानीको हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्तासमेत भएको छ । 

मोदीले मुइज्जूसहितको प्रतिनिधिमण्डललाई स्वागत गरेका छन् । उनले उनले भारत र माल्दिभ्सको सम्बन्ध सदियौँ पुरानो भएको बताएका छन् । 

मोदीले भने, ‘भारत माल्दिभ्सको सबैभन्दा नजिकको र घनिष्ट मित्र देश हो । हाम्रो छिमेकी पहिलो नीतिमा माल्दिभ्सको महत्वपूर्ण स्थान छ ।’

भारतले माल्दिभ्सका लागि पहिलो रेस्पोन्डरको भूमिका निभाएकोसमेत मोदीले उल्लेख गरेका छन् । उनले चाहे माल्दिभ्सका जनताका लागि होस् वा देशको विपद्का बेलामा होस् भारत सदैव अगाडि नै खडा भएको बताए । उनले पिउने पानीको अभाव हुँदासमेत भारतले माल्दिभ्सलाई सदैव सहयोग गरेको बताए । 

राष्ट्रपति मुइज्जू माल्दिभ्सकी प्रथम महिलासहित आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि आइतबार भारत आएका हुन् । 

मुइज्जूले आइतबार राष्ट्रिय राजधानीमा विदेश मन्त्री एस जयशङ्करसमक्ष भेटवार्ता भएको थियो । जयशङ्करले मालदिभ्सका राष्ट्रपतिको भारत भ्रमणका लागि स्वागत गर्न पाउँदा खुशी व्यक्त गरेका थिए भने राष्ट्रपति मुइज्जूले आफूलगायत आफ्नो प्रतिनिधिमण्डलको न्यानो स्वागतका लागि भारत सरकारप्रति कृतज्ञता व्यक्त गरेको माल्दिभ्सको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख  छ ।

द्धिपक्षीय बैठकमा जयशङ्कर र मुइज्जुले दुई देशबीचको प्रगाढ सम्बन्धलाई बढावा दिनेबारे छलफल गरेको माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै राष्ट्रपतिले मुइज्जूले प्रथम महिला साजिद मोहम्मदसँगै नयाँ दिल्लीमा बसोबास गर्ने माल्दिभ्स समुदायसँग पनि भेटवार्ता गरेको स्रोतले जनाएको छ । अन्तरक्रियाको क्रममा उनले माल्दिभ्स समुदायको कल्याण र चुनौतीहरू सम्बन्धी मुद्दाहरू सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । 

यस वर्षको जुन महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि मुइज्जूको यो दोस्रो भारत भ्रमण हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ