arrow

फूलपातीमा जाग्दै नेपाल एयरलाइन्स, काठमाडौँ–भैरहवा–काठमाडौँ उडान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
nepal-airlines-fulpati-81-6.jpg

काठमाडौँ । नेपाल एयरलाइन्सले फूलपातीको दिन काठमाडौँ–भैरहवा–काठमाडौँ उडान गर्ने भएको छ ।

अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले काठमाडौँ भैरहवा उडान गर्ने भएको हो ।

नेपाल एयरलाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौँदेखि भैरहवा उडान हुने छ भने भैरहवाबाट १२ः३० बजे काठमाडौँका लागि उड्ने भएको छ ।

नेपाल एयरलाइन्सले विमान थन्क्याएर राख्नुभन्दा दशैँका बेलामा एक पटक हैन नियमित उडान भर्ने हो भने यात्रुले राहत पाउने आवाज उठ्दै आएको छ । 

निजी विमानको मनपरि भाडालाई रोक्न पनि सरकारले यसलाई अनिवार्य गर्नुपर्नेमा बेवास्ता हुँदै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ