arrow

नेतान्याहू ‘गाजाका कसाई’, ‘नरसंहार’को मूल्य चुकाउने एर्दोगानको प्रतिज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
Recep-Tayyip-Erdoğan-turkiye.jpg

काठमाडौँ । टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमबार हमासले अक्टोबर ७ मा गरेको आक्रमणको जवाफमा भएको युद्धको पहिलो वार्षिकीमा गाजामा भएको ‘नरसंहार’ का लागि इजरेलले मूल्य चुकाउने प्रतिज्ञा गरेका छन् । 

“इजरेलले ढिलो वा चाँडो एक वर्षदेखि गरिरहेको र अझै जारी रहेको यस नरसंहारको मूल्य चकाउनेछ भन्ने भुल्नु हुँदैन”, उनले सामाजिक सञ्जाल एक्समा भने ।

हमाससहित प्यालेस्टिनी मुद्दाको प्रखर समर्थक एर्दोगानले प्राय इजरेलमाथि हमला गरे र इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई ‘गाजाका कसाई’ भन्दै नाजी जर्मनीका एडोल्फ हिटलरसँग तुलना गरे। 

“जसरी हिटलरलाई मानवताको गठबन्धनले रोकेको थियो, नेतान्याहू र उनको हत्या नेटवर्कलाई पनि त्यसरी नै रोकिनेछ’, उनले भने, “गाजा नरसंहारको कुनै हिसाब नराखिने संसारमा कहिल्यै शान्ति प्राप्त हुनेछैन ।”

हमासलाई प्राय स्वतन्त्रता सेनानीको रूपमा प्रशंसा गर्ने एर्दोगानले ठिक एक वर्षमा सम्पूर्ण विश्वको आँखा अगाडि जे नरसंहार भएको छ ‘त्यो वास्तवमा सम्पूर्ण मानवता र भविष्यका लागि मानवताको सबै आशाहरू हो’ भने । 

गाजा  र अहिले लेबनानमा भएको द्वन्द्व रोक्न अन्तर्राष्ट्रिय प्रणालीको असफलताको पनि आलोचना गर्दै उनले भने, “इजरेलको नरसंहार, कब्जा र आक्रमणको नीति अब अन्त्य हुनुपर्छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ