arrow

एम्ब्रोस र ग्यारी रुभ्कन चिकित्सातर्फको नोबेल पुरस्कारबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
nobel-prize.png

काठमाडौँ । ’माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको भूमिकाका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित भएका छन् । 

उनीहरूले एक मिलिमिटर लामो एक प्रकारको जुकामा कोष उत्परिवर्तन किन भयो र कहिले भयो भनेर निर्धारण गर्न अनुसन्धान गरेका थिए । 

सन् १९९३ मा दुई लेखमा प्रत्येक कोषलाई सान्दर्भिक निर्देशनहरू मात्र चयन गर्न अनुमति दिने आनुवंशिक प्रणालीको नियमनसम्बन्धी उनीहरूको आधारभूत निष्कर्ष प्रकाशित भएको थियो।

आनुवंशिक गतिविधिको नियमनलाई बुझ्नु दशकौंदेखि एक महत्वपूर्ण लक्ष्य रहेको नोबेल पुरस्कार निर्णायक मण्डल (जूरी)ले बताएको छ। यदि आनुवंशिक प्रणालीको नियमनमा गल्ती भयो भने यसले क्यान्सर, मधुमेह वा स्वप्रतिरक्षाजस्ता गम्भीर रोगहरूको जोखिम निम्त्याउन सक्छ।

निर्णायक मण्डलले भनेको छ, “उनीहरूको अभूतपूर्व खोजले आनुवंशिक प्रणालीको नियमनको पूर्ण रूपमा नयाँ सिद्धान्त प्रकट ग¥यो जुन मानवसहित बहुकोशीय जीवहरूको लागि आवश्यक साबित भयो।” 

यो जोडीले माइक्रोआरएनए पत्ता लगाउन र जिनको नियमनमा यसको भूमिकाको खोजीमा सहकार्य गरेको थियो । 

७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुनुहुन्छ भने ७२ वर्षीय रुभ्कुन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन् ।  

सन् १८९६ मा वैज्ञानिक अल्फ्रेड नोबेलको निधन भएको दिन  डिसेम्बर १० मा स्टकहोममा आयोजित एक औपचारिक समारोहबीच उनहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी १.१ करोड स्विडिस क्रोन रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ