arrow

लेबनानमा इजरेली हवाई आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
israel-lebonn-24-10-3.jpg

काठमाडौँ । लेबनानमा इजरेली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् ।

दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक स्वास्थ्य प्राधिकरणको केन्द्रलाई लक्षित गरी भएको इजरेली हवाई आक्रमणमा सिभिल डिफेन्सका १० सदस्यको मृत्यु भएको अज्ञात नागरिक सुरक्षा स्रोतले बताएको छ ।

स्रोतका अनुसार पीडितहरूको शव दक्षिणी लेबनानको नाबातिह सहरको अस्पतालमा सारिएको छ ।

साथै, पूर्वी लेबनानको कलिया सहरमा रहेको एउटा घरलाई लक्षित गरी भएको इजरेली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको र तीन जना घाइते भएको लेबनानी रेडक्रसको स्रोतले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरेली सेनाले लेबनानमा गहन आक्रमण गरेको छ । यसको परिणामस्वरूप कम्तीमा दुई हजार जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ