arrow

विधानसभा अन्तर्गत हरियाणामा भाजपा अगाडि, कांग्रेस पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
modi-rahul-24-10-8.jpg

काठमाडौँ । भारतको हरियाणा राज्यको विधान सभामा भारतीय जनता पार्टी भाजपा अगाडि रहेको छ । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना भइरहेको हो ।

९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार भाजपा ९० मध्ये ४६ सिटमा अगाडि रहेर बहुमतमा देखिएको छ । भारतीय नेशनल कांग्रेस भने ३७ सिटमा अगाडि रहँदै भाजपालाई पछ्याइरहेको छ । 

शुरुआती चरणमा भने कांग्रेस अगाडि देखिएको थियो । तर मतगणनाको केही घण्टामै भाजपा अगाडि देखिएको हो । 

७ सिटमा भने अन्य दल अगाडि रहेका छन् । 

यसअघि सन् २०१९ मा हरियाणामा भाजपाले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए ।

त्यस्तै जम्मू कश्मीरमा भने नेशनल कन्फ्रेन्स (जेकेएनसी) अगाडि छ । ९० सिटमध्ये जेकेएनसी ४० सिटसहित अगाडि छ भने भाजपा २४ तथा कांग्रेस ७ सिटमा अगाडि रहेको छ ।

जम्मू कश्मीरमा सेप्टेम्बर १८ र अक्टोबर १ मा विधान सभाको मतदान भएको थियो । जम्मू कश्मीरमा १० वर्षपछि विधान सभा निर्वाचन भएको हो ।
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ