arrow

बाढी पहिरो पीडितका लागि भारतले दियो आपतकालीन राहत सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
india-help-nepal-flood-2081.jpg

काठमाडौँ । भारत सरकारले बाढी पहिरोले प्रभावितका लागि आपतकालीन राहत सामग्री हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

भारत सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीमा टार पोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको मानवीय सहायताको खेप भारतबाट नेपालगञ्ज ल्याई पुर्‍याइएको हो । 

भारत सरकारले अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइने काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

छिमेकी मुलुक होस् वा अन्य मुलुक सङ्कटको बेला भारत सदैव पहिलो रेस्पोन्डरको रूपमा रहेको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा पहिले तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको थियो । भारतले २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामग्री उपलब्ध गराई सहयोग गरेको थियो ।

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हर सम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको काठमाडौँस्थित भारतीय दूतावासले जानकरी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ