arrow

महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
mahila-aayog-ramchandra-81-.jpg

काठमाडौँ । राष्ट्रिय महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०–८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष पेश गरेको हो ।

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको प्रतिवेदन पेश गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ