arrow

भारतमा मोदीको पकड मजबुत, हरियाणामा लगातार तेस्रो पटक भाजपा सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
narendra-modi-24-10-8r.jpg

काठमाडौँ । भारतमा लगातार तेस्रो पटक सरकार सम्हालेका प्रधानमन्त्री नरेन्द्र मोदीको पकड कायमै रहेको प्रमाणित भएको छ । 

हरियाणामा लगातार तेस्रो पटक भारतीय जनता पार्टी भाजपाले सरकार बनाउने भएसँगै मोदीको नीति बलियो रहेको सिद्ध भएको हो । 

आज भएको विधानसभा निर्वाचनको परिणामअनुसार भाजपाले एकल बहुमत हासिल गरेको हो । ९० सिटको हरियाणामा भाजपाले ४८ सिट जितेको हो । 

केन्द्रीय निर्वाचनमा गत कार्यकाल भन्दा यो कार्यकाल भाजपाले कम सिट ल्याएको भए पनि हरियाणाको परिणाम भने अझ अचम्म पार्ने खालको आएको हो । 

भाजपाले सन् २०१९ को निर्वाचनमा भाजपाले ल्याए भन्दा अहिलेको चुनावमा बढी सिट जितेको हो । 

भाजपाले यसपालि ८ सिट बढी जितेको छ । दोस्रो स्थान ओगटेको कांग्रेसले ३६ सिट जितेर ६ सिट बढी हासिल गरेको भए पनि सरकार बनाउन भने असमर्थ भयो । 

कांग्रेसले यो हारलाई अप्रत्याशित भनेको छ भने मोदीले यसलाई निकै खुशीका साथ लिएका छन् । 

उनले हरियाणाका जनताले कमाल गरेको बताए । उनले गीताको धरतीमा सत्यको जित भएकोसमेत बताएका छन् । 

दिल्लीबाट सम्बोधन गर्दै मोदीले हरियाणा र मुख्यमन्त्रीको कर्तव्यको जित भएको बताए । उनले कांग्रेसको झुटको खेती जनताले पत्ता लगाएर विकासलाई छानेको पनि बताए । 

मोदीले सन् १९५६ देखि नै हरियाणामा गठबन्धन भएको बताउँदै हरियाणाका दिग्गज नेताहरुको नाम देशभर फैलिएको बताए । अहिलेसम्म हरियाणामा १३ चुनाव भएको भन्दै हरेक पाँच सालमा हरियाणाका जनताले सरकार बदलेको तर अहिलेको परिणाम अभूतपूर्व रहेको पनि बताए । 

पूरै दुई कार्यकाल पूरा गरेको सरकारलाई हरियाणामा फेरि मौका मिल्नु भारतीय जनता पार्टीको तेस्रो पटक मौका मिलेको भन्दै हरियाणाका जनतालाई धन्यवाद दिए । कार्यकर्तालाई धन्यवाद दिएका छन् भने मुख्यमन्त्री र नड्डाको टिमको जित भएकोसमेत बताए । 

जम्मू–कश्मीरमा भने इन्डिया गठबन्धनलाई बहुमत

यता जम्मू–कश्मीरमा भने इन्डिया गठबन्धनले ४९ सिट जितेर बहुमत प्राप्त गरेको छ । गठबन्धनमा सामेल भएको नेशनल कांग्रेसले सबैभन्दा बढी ४२ सिट जितेको छ । ९० सिटमध्ये कांग्रेसले ६ तथा सीपीआईले एक सिट जितेको छ । 

४६ सिट पुगे सरकार बनाउन काफी हुने भएकाले गठबन्धन विजयी भएको हो । 

भाजपाले भने २९ सिटमात्र जित्न सक्यो । भाजपालाई पछिल्लो चुनावभन्दा यसपालि ४ सिट फाइदा भएको छ । यसले मोदीको जित भएको भए पनि जम्मू–कश्मीरका भाजपा अध्यक्ष रविन्दर रैना ८ हजार भोटले पराजित भएसँगै राजीनामासमेत बुझाएका छन् । जम्मू–कश्मीरमा पार्टी कमजोर हुनुको जश उनी आफैँले लिएका छन् । 

जम्मूमा कुनै पनि अप्रिय घटना नभइ शान्तिपूर्ण चुनाव भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ