arrow

बबई नदीमा डुबेर बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
babai-flood-81-3-22.jpg

दाङ । दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो करिब २ः४५ बजेतिर डुबेर दाङ दङ्गीशर नौ वर्षीय पुष्कर खड्काको मृत्यु भएको हो ।

दङ्गीशरण गाउँपालिका-४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक डुबेका थिए । डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको हो भने अर्का एक बालकाका भने सकुशल उद्दार गरिएको छ ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए । खोजी कार्यपछि करिब ३ः३० बजे डुबेको स्थानबाट करिब १०० मिटर तल नदीको बीच भागमा पुष्करको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ