arrow

श्रीलङ्काले ब्रिक्सको सदस्यताका लागि अपिल गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
brics1.jpg

काठमाडौँ । श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ । श्रीलङ्काका मन्त्रिपरिषद्का प्रवक्ता विजिता हेरथले आगामी ब्रिक्स सम्मेलनमा आफ्नो देशले सदस्यका लागि आपिल गर्ने सञ्चारमाध्यमलाई बताए ।

सन् २०२४ अक्टोबर २२ देखि २४ सम्म रुसको काजानमा ब्रिक्स शिखर सम्मेलन हुँदैछ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको भए पनि घरेलु कारणले गर्दा सहभागी हुन नसक्ने हेराथले बताए ।

परराष्ट्र मन्त्रालयका सचिव र अधिकारीहरूको टोलीले शिखर सम्मेलनमा श्रीलङ्काको प्रतिनिधित्व गर्नेछन्, जहाँ देशले औपचारिक रूपमा ब्रिक्स सदस्यता खोज्नेछ ।

श्रीलङ्काले छिट्टै सहयोगका लागि सबै ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूसँग सम्पर्क गर्ने योजना बनाएको हेराथले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ