arrow

जम्मू–कश्मीरमा उमर अब्दुल्ला मुख्यमन्त्री बन्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
umar-abdulla-jammu-kashmir-cm-2024.jpg

काठमाडौँ । भारतको जम्मू–कश्मीरको मुख्यमन्त्री नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला बन्ने भएका छन् । आज आएको चुनावको नतिजापछि नेशनल कन्फेरेन्सर कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने निश्चित भएपछि उमर अब्दुल्ला मुख्यमन्त्री बन्ने भएका हुन् ।

नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्लाले श्रीनगरमा घोषणा गरेका छन् ।  जम्मु–कश्मीरमा १० वर्षपछि पहिलोपटक कांग्रेस–एनसी गठबन्धनले विधानसभा चुनाव जित्ने स्पष्ट भएपछि फारुक अब्दुल्लाले यो घोषणा गरेका हुन् । 

उनले दश वर्षपछि जनताले जनादेश दिएको बताए । फारुक अब्दुल्लाले भनेका छन् ‘जनताले आफ्नो जनादेश दिएका छन् । उनीहरूले अगस्ट ५ (धारा ३७० खारेज) मा भएको निर्णयलाई स्वीकार गर्दैनन् भन्ने प्रमाणित गरेका छन् ।

कांग्रेस–नेसनल कन्फ्रेन्स गठबन्धनले कुल ९० सिटमध्ये ४९ सिटमा जित हासिल गरेको छ भने भाजपाले २९ सिट जितेको छ । त्यस्तै मेहबुबा मुफ्तीको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले ३ सिट मात्र जितेको छ । 

उमर अब्दुल्लाह यसअघि सन् २००९ देखि २०१५ सम्म मुख्यमन्त्री थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ