arrow

कर्मचारीलाई दशैँमा फोन अफ नगर्न खानेपानी मन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
karmachari-pradip-yadav-81-6-23.jpg

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले दशैँ लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा आयोजना गरिएको वडा दशैँको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरुका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफुसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभइनहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नु होला ।’

मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्छने तर्फ ध्यान दिँदै नागरिकका समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने भएको हुँदा सबै राष्ट्र सेवक कर्मचारीहरु नागरिकका सेवामा अग्रसर रहनसमेत आग्रह गरेका थिए ।

मन्त्री यादवले भने, ‘विपद्को समयमा पनि हामीले विभिन्न परिस्थितीको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ । यो हामी सबैको ठूलो उपलब्धिको विषय हो । जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ