arrow

रीता धिताल पाकिस्तानका लागि नेपाली राजदूतमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
rita-dhital-ambassador-pak-2024.jpg

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूतमा परराष्ट्र सहसचिव रीता धिताल नियुक्त भएकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।

यहि असोज १६ गते संसदीय समितिबाट धिताललाई सर्वसम्मत अनुमोदन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ