arrow

डब्ल्यूएचओको बैठकबाट फर्किए स्वास्थ्यमन्त्री

सर्पदंशका बिरामीका लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २३ बुधबार
pradeep-poudel-06-23.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भएको छ । बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले नेपालमा सर्पले टोकेर हुने जोखिमको उपचारका लागि उपचार केन्द्र बनाउन भारतले सहजीकरण गर्ने बारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिबद्धता जनाएको बताए । 

उनले क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्य मन्त्रीसँग आफ्नो भेट भएको बताए । भेटमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बीचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताए । पुनः समझदारी गरेर एम्स र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्ने गरी मौखिक समझदारी व्यक्त भएको बताए । 

उनले भने, ‘नेपालमा सर्पले टोकेर नागरिकहरूलाई जुन समस्या देखिएको छ, त्यसको बारेमा उपचार केन्द्र स्थापना गर्ने र त्यसका लागि सहजीकरण गर्न पनि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बीचमा समयावधि सकिएका कारण रोकिएको स्थिति थियो । त्यसमा पुनः समझदारी गरेर एम्स र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बीचमा पहिलेको समझदारीलाई कायम गर्ने गरी मौखिक समझदारी व्यक्त गर्नुभएको छ ।’

स्वास्थ्यमन्त्री पौडेलले डब्ल्यूएचओसँग समन्वय गरेर नेपालमा चलिरहेका कार्यक्रमहरूलाई अझ बढी कसरी प्रभावकारी बनाउने र हेटौँडामा रहेको सरुवा रोग केन्द्रलाई डब्ल्यूएचओको सहयोगमा अनुसन्धान केन्द्रका रूपमा विकसित गर्ने बारेमा छलफल भएको बताए । 

डब्ल्यूएचओका रिजनल डाइरेक्टरले पनि सरुवा रोग केन्द्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताए । नेपालमा महिलाहरूमा हुने सर्भाइकल क्यान्सर (स्क्रिनिङ) को बारेमा डब्ल्यूएचओले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त भएको बताए । नेपालमा डब्ल्यूएचओको सहयोगमा सम्पन्न भएका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन अरू थप लगानी गर्ने बारेमा पनि छलफल भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ