arrow

बङ्गलादेशमा बढ्यो बाघको सङ्ख्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
Tiger murti.jpg

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो ‘म्यानग्रोभ वन’ मध्ये एक सुन्दरवनको बङ्गलादेशी भागमा गरिएको सर्वेक्षणपछि बाघको सङ्ख्या ११ ले बढेको छ ।

बङ्गलादेशको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले पछिल्लो सुन्दरवन बाघ सर्वेक्षण २०२३–२०२४ लाई उद्धृत गर्दै मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।

उनले बङ्गलादेश र भारतको बीचमा रहेको सुन्दरवनमा गरिएको बाघ सर्वेक्षणमा प्रति एक सय वर्गकिलोमिटर जङ्गलमा दुई दशमलव ६४ घनत्वसहित एक सय २५ वटा बाघ पाइएको बताए ।

बङ्गलादेशको वन विभागले गत वर्ष जनवरीमा सुन्दरवनका छ सय ६५ स्थानमा बाघ गणना गर्न जम्मा एक हजार तीन सय ३० क्यामेरा जडान गर्न थालेको थियो ।

सन् २०१८ मा सुन्दरवनमा बाघको सङ्ख्या एक सय छबाट बढेर एक सय १४ पुगेको थियो । 

पछिल्लो सर्वेक्षणले डमरुहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको अधिकारीहरूले जानकारी दिए । यद्यपि डमरुहरूको उच्च मृत्युदरका कारण आधिकारिक गणनामा समावेश गरिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ