arrow

उद्यमी मीनबहादुर गुरुङले दिएको ११ रोपनी जग्गामा एमालेको नयाँ केन्द्रीय कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
uml-new-partiy-office-kirtipur-81-6-25.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन् । 

भाटभटेनी सुपर मार्केटका मालिक उद्यमी मीनबहादुर गुरुङ र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना (एक रोपनीमा १६ आना) जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताए । हालको पार्टी कार्यालय बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

यसैबीच व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र  एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने  उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ