arrow

श्रीलंकाले पुराना हाइप्रोफाइल मामिलाहरुको पुनः छानबिन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
anura-kumara-disanayake-srilanka-president.jpg

काठमाडौँ । श्रीलंकाको नयाँ सरकारले अब केही पुराना हाई-प्रोफाइल मामिलाहरूको छानबिन गर्ने भएको छ । अनुराकुमारा दिसानायके सरकारले यी घटनाको पुनः छानबिन गर्न प्रहरीलाई आदेश दिएको हो ।

यी मामिलाहरू मध्ये सबैभन्दा चर्चित २०१९ इस्टर सन्डे आतंककारी हमला र २००५ मा तमिल अल्पसंख्यक समुदायका एक पत्रकारको हत्या समावेश छन् । गत महिना राष्ट्रपति चुनाव जितेको सत्तारुढ नेशनल पिपुल्स पावरले यसअघिका मुद्दाहरूको पुनस् छानबिन गर्ने वाचा गरेको थियो ।

श्रीलङ्का सरकारको यो आदेशपछि प्रहरीले चर्चित प्रकरणहरुको पुनस् छानबिन गर्ने बताएको छ । पुनस् छानबिन गर्नुपर्ने मुद्दाहरूमा २०१५ मा केन्द्रीय बैंकको ऋणपत्र जारी गर्ने कथित घोटाला समावेश छ, जसको लागि तत्कालीन राष्ट्रपति रनिल विक्रमासिंघेको सरकारलाई दोष लगाइएको थियो, र २०१९ इस्टर सन्डेको आतंकवादी हमला जसमा २७० भन्दा बढी मारिएका थिए ।

त्यस्तै सन् २००५ मा तमिल अल्पसंख्यक समुदायका पत्रकार डी शिवरामको हत्या र २००६ मा पूर्वी विश्वविद्यालयका प्रमुख एक तमिल अल्पसंख्यक शिक्षाविद्को अपहरण र बेपत्ता भएको विषय पनि पुनस् छानबिन हुने छ । 

त्यस्तै सन् २०११ मा उत्तरी राजधानी जाफनाबाट बेपत्ता भएका दुई राजनीतिक दलका कार्यकर्ताको बारेमा पनि पुनस् छानबिन हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ