arrow

नदीले बगाएर पोख्रेलको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
Tanahun_District.png

तनहुँ । तनहुँको व्यास नगरपालिका-६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

दशैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो ।

स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ